क्षमता विकास र संस्कृती रक्षार्थ ज्ञान परिक्षा

डिल्लीराज पन्त,
कञ्चनपुर, फागुन ५,

विद्यार्थिहरुको क्षमता विकास र संस्कृती रक्षार्थ खुला संस्कृती ज्ञान परिक्षा संचालन भएको छ । 
हिन्दु स्वंयम सेवक महाकाली अञ्चल विभाग, कञ्चनपुरले सनीवार स्वामी विवेकानन्द संस्कृती ज्ञान परिक्षा —२०७४ को आयोजना गरेको छ ।
देशैभर एकैसाथ ५४ जिल्लामा भईरहेको ज्ञान परिक्षाको माध्यम वाट अहिलेका वालवालिका तथा युवा पुस्तामा मौलाउदै गएको पश्चिमि छाडा संस्कृतिका कारण समाजमा भईरहेका विकृति र विसंगतीलाई न्युनिकरण गर्ने र विद्यार्थिमा अतिरिक्त ज्ञान हासील गराउने कार्यक्रमको आयोजनाको मुख्य उद्येश्य रहेको हिन्दु स्वंयम सेवक महाकाली अञ्चल विभाग कञ्चनपुरका सचिव उमेश राज जोशी ले वताउनुभयो ।

कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा संचालित ज्ञान परिक्षामा जिल्लाभरीका करिव १५ विद्यालयवाट १ हजार ३४ जना विद्यार्थिको सहभागिता रहेको छ ।

ज्ञान परिक्षमा सहभागी विद्यार्थि मध्ये प्रथम हुने विद्यार्थिलाई नगद २५हजार र दोस्रो र तेस्रो हुने लाई क्रमसः १५ हजार र १० हजार सहित प्रमाणपत्र वितरण समेत गरीने छ  भने सत प्रतिसत अंक प्राप्त गर्ने सवै विद्यार्थिहरुलाई मायाको चिनो प्रदान गरीने आयोजकले जनाएको छ ।
संस्कृती ज्ञान परिक्षाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा हिन्दु स्यंम सेवक संघ नेपालका राष्ट्रिय सह सम्पर्क प्रमुख एवं निति अनुसन्धान प्रतिष्ठानका निर्देसक र संघिय प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक शुसिल कुमार भण्डारीले संयुक्त रुपमा गर्नुभएका थियो ।
कार्यक्रम श्याम सिंह मौनीको संयोजकत्वमा आयोजना गरीएको थियो भने परिक्षा संयोजकमा भरत चन्द रहनुभएको थियो । 
संस्कृती ज्ञान परिक्षाको उद्घाटन कार्यक्रमको संचालक राकेश चन्दले गर्नुभएको थियो भने स्वागत मन्तव्य संघका कञ्चनपुर सचिव उमेश जोशीले राख्नुभएको थियो । कार्यक्रममा बुद्धिजिवी, संस्कृतीविद, शिक्षक, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
विगत ४ वर्ष देखि प्रतेक वर्ष हिन्दु स्वयंम सेवक संघ नेपालले विभिन्न जिल्लामा स्वामी विवेकानन्द संस्कृती ज्ञान परिक्षा गर्दे आईरहेको छ ।