कञ्चनपुरको प्राचिन रौटेला मन्दिरमा दर्शनार्थिको घुईचो

डिल्लीराज पन्त
कञ्चनपुर , फागुन २
कञ्चनपुर जिल्लाको उत्तरी चुरे क्षेत्रमा रहेको बैजनाथ धाम रौटेला मन्दिरमा भव्य मेला लागेको छ । मेला संगै मन्दिरमा पुजा अर्चान ्गर्ने हरुको घुइृचो बढेको छ । सदरमुकाम महेन्द्रनगर देखि १२ किलोमिटर उत्तरमा अवस्थित यो प्रचिन मन्दिरमा प्राचिनकाल देखिनै पुजा अर्चना गर्ने चलन रहदै आएको छ ।
जिल्लाकै प्रमुख धामको रुपमा लिइने श्री बैजनाथ धाम रौटेला मन्दिरमा मा हरेक बर्ष माघ महिनामा पर्ने शुक्ल नवमी र दशमीको दिन भव्य मेलालाग्ने र आफ्नो मनोकांक्षा पुरा होस भनी पुजा अर्चना गर्ने दर्शनार्थिहरुको भिडने लाग्ने  गरेको मन्दिरका पुजारी बताउछन । 

माघ शुक्ल नवमिको रातभरी जाग्राम बसी भक्तजनहरुले मन्दिरमा भजन किर्तन गर्ने र दशमिको दिन विहानै न्वाई—ध्वाई गरी शिव भगवानको पुजा अर्चना गर्ने गरीन्छ भने कतिपय गाउ गाउ वाट स्थानियहरुले आफ्नो मनोकांक्षा पुरा होस भनी वजा गाजा सहित ध्वजा, त्रिशुल , घण्टा सहित नाचगान र भजन गाउदै मन्दिर आउने गर्दछन ।
रौटेला धाममा पुजा अर्चना र आराधना गर्दा आफ्नो र परिवारको मनोकांक्षा पुरा हुने र सुख शान्ति हुने जनविश्वासका कारण आफुहरु विहानै देखि पुजा अर्चनागर्न मन्दिरमा आएको भक्तजन महिलाहरु बताउछन ।

प्रचिनकालमा यो शिवधाम कञ्चनपुरको रौटेला गाउमा अवस्थित रहेको हुदा सो गाउको नाम वाटै रौटेला मन्दिर को नामले प्रचलित हुदै गएको छ ।
परापुर्वकाल मा शिव भगवान शन्तको रुपमा चुरे मलास क्षेत्र हुदै यो ठाउमा सर्पको रुपमा वास वसेर गएका हुदा पछि सो क्षेत्रलाई शिवधामको रुप दिई मन्दिर स्थापना गरएको किवदन्दि रहेको छ ।

मेला भर्न र पुजा –अर्चना गर्न हजारौको संख्यामा छिमेकी जिल्ना कैलाली , डडेल्धुराका साथै सिमावर्ति भारतीय क्षेत्र उत्तराखण्डको बनवासा —टनकपुर वाट समेत भक्तालुहरु आउने गर्दछन ।
यस मन्दिरमा पुजा अर्चना गर्दा विभिन्न मनोकांक्ष पुराहुने जनविश्वास रहदै आएको छ ।  यस क्षेत्रलाई स्थानिय स्थर वाट मन्दिर को जिर्णैादार र प्रचार प्रसार गर्न सके धार्मिक पर्यटनको विकास संगै आर्थिक विकास समेत हुने देखिनछ ।