निर्मला पन्तको सम्झनामा वाल उद्यान निर्माण सुरु 

डिल्लीराज पन्त/
कञ्चनपुर, माघ २३/
बलात्कार पछि हत्या गरीएकी कञ्चनपुरकी १३ वर्षिय वालिका निर्मला पन्तको को सम्झनामा वाल उद्यान निर्माण सुरु गरीएको छ । निर्मला पन्तले पढने द्यिालय सरस्वती माध्यमिक विल्द्यालय महुलिया, उल्टाखाम नजिक करिव २ कठ्ठा  जग्गामा वाल उद्यान निर्माण सुरु गरीएको हो ।
बुधवार भिमदत्तनगर पालिका वडा नम्वर २ का अध्यक्ष डम्वर सिंह कार्की , निर्मला पन्तकी आमा दुर्गा देवी पन्त , विद्यालय का प्रधानाध्यापक, शिक्षक तथा  अधिकार कर्मि लगायतले उद्यानको शिलान्यास गरेका छन ।
निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ महिना वढि भईसकेपनी हत्यारा भने पत्ता लागेको छैन । कञ्चनपुरमा भएको दुखद घटना देशमा मात्रै नभई अन्तराष्ट्रिय स्थरमै आलोचना भईरहेका वालिकाको सम्झनामा उद्यान ािर्माण गरीन लागेको र उद्यान निर्माणका लागी वडाकार्यालयले वजेट समेत छुट्याई सकेको वडा अध्यक्ष डम्वर सिंह कार्कीले वताउनु भएको छ ।
करिव १२ लाख लागतमा वन्ने उद्यान विद्यालयको २ कठ्ठा जमिनमा निर्माण हुने भएको छ । श्री सरस्वती माध्यमिक विद्यालयको कै जग्गामा वन्ने उद्यान ४ व्लकमा बन्ने छ । सोही स्कुलको कक्षा ९मा अध्यनरत अफ्नी छोरीले अहिले सम्म पनि न्याय नपाउदा आफु र परिवार दुःखी भए पनी छोरीको सम्झनाका लागी उसैले पढेको विद्यालयमा उद्यान बन्ने भएकोमा हर्षित भएको निर्मलाकी आमा दुर्गा पन्त वताउनु हुन्छ ।
निर्मला पन्तको वलात्कार पछि हत्या भएको लामो समय वितिसक्दा समेत सरकारले निर्मलाका हत्यारालाई कानुनी कठघरामा ल्याउन नसक्नु दुखद भएको र पछिल्लो समय छोरी चेलीहरुलाई राज्यले सुरक्षाको अनुभुति दिन नसक्नु दुखद भएको भन्दै कमसेकम निर्मलाको सम्झनामा निर्माण थालनी भएको उद्यानलाई सवै पक्ष वाट संरक्षण र सम्वद्र्धन गर्नुपर्ने अधिकारकर्मि मिना भण्डारीले वताएकी छन ।
वलात्कार पछि हत्या गरएिकी वालिका निर्मला पन्तको नामवाट वन्ने वाल उद्यान को ािर्माण को थालनी का लागी वडाकार्यालयले गरेको कार्य सरहनिय रहे संगै राज्यले चाडो भन्दा चाडो हत्यारालाई पक्राउ गरी कार्वाही गर्नसके वालिका निर्मला पन्तको आत्माले शान्ती पाउथ्यो की ?