महेन्द्रनगरमा माघी विशेष सास्कृतिक कार्यक्रम हुने 

कञ्चनपुर ,पौष २२
कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा माघी विशेष सास्कृतिक कार्यक्रम हुने भएको छ । ब्राण्डरुट इन्टरटेनमेन्ट प्रालिको आयोजनामा दुई दिने माघी विशेष साँस्कृतिक कार्यक्रम हुने भएको हो । 
भीमदत्त नगरपालिका–४ लिटिल बुद्ध एकेडेमी स्कुलको प्राङ्गण भाषी( क्रिकेट ऐकेडेमी) को मैदानमा पुष ३०–माघ १गतेका दिन माघी विशेष सा“स्कृतिक कार्यक्रम हुन लागेको छ । महोत्सवको तयारी भईरहेको आयोजकले जनाएको छ । ब्राण्डरुट इन्टरटेनमेन्ट प्रालिका म्यानेजिङ्ग डाईरेक्टर सुनिल बिसीले बाल कलाकारको प्रर्दशनीका लागि कार्यक्रम आयोजना गरिएको बताएका छन । महेन्द्रनगर वसपार्कमा अवस्थित प्रख्यात डान्सवार द कोब्राज डान्सवारको विशेष सहयोगमा सा“स्कृतिक कार्यक्रमको आयोजना भएको समेत ब्राण्डरुट इन्टरटेनमेन्ट प्रालिका म्यानेजिङ्ग डाईरेक्टर विसि ले जानकारी दिनुभएको छ ।
उनका अनुसार ‘मन विनाको धन ठुलो कि, धन विनाको मन’ भन्ने गितको बोलका शब्द रचिता टंक बुढाथोकी बाल कलाकारद्वय अशोक दर्जी ए.आर.बुढाथोकीको प्रस्तुती रहनेछ । यस्तै कञ्चनपुर दोधाराचाँदनीका स्थानीय समेत रहेका चर्चित तथा आधुनिक ¥यापर राजेन्द्र भट्ट( मिस्टर आर. जे )े, लाल.बहादुर धामी (अछामी बड्डो), डान्सर बिनु शाक्य, युवा गायक नवराज कलौनी, बरिष्ठ उद्घोषक एव कलाकार नविन सिह धामीको प्रस्तुती रहनेछ । पहिलो पटक बालकलाकारद्वय अशोक र ए.आर सुदूरपश्चिमको कञ्चनपुर आउन लागेका हुन् ।