मीस्टर आर.जे र कलौनी को बेहुलो सिपाहि चार्चा बटुल्दै

कञ्चनपुर , असोज २६
अहिलेका निकै चर्चित संगीतकार तथा र्यापर राजेन्द्र भट्ट अर्थात् मिस्टर आर.जे र गायक नवराज कलैनीको सहकार्यमा रहेको बेहुलो सिपाहि गीत अहिले एका एक चर्चामा आएको छ ।
 उनले सर्वजनिक गरेका सबै गीतहरु एक पछी अर्को गीतहरुले दर्शक श्रोताकोहरुको मनमा डेरा जमाउदै आइरहेका छन भने अहिलेको  नया गीत ले श्रोताको मनलाइ धेरै नै छोएको छ ।
 उक्त गीतको म्युजिक भिडियोमा नायीका आचल शर्माले बेहुलीको  भूमिका निभाएका छन भने बेहुलाको भूमिकामा नव मोडल स्वप्नील गुप्ता रहेका छन् । 
उक्त गीतमा सब्द सङ्गीत र  स्वर नवराज कलौनीको रहेको छ भने  राजेन्द्र भट्ट अर्थात् ‘मिस्टर आर.जे ले र्याप हानेका छन् ।
कलौनीको यो म्युजिक भिडियोलाई राजिव सबरले निर्देशन र सुप्रीम पराजुली सम्पादन गरेका छन् ।