नेपाली काँग्रेसको गरे कञ्चनपुरममा पनी सरकार विरुद्ध प्रदर्शन

डिल्लीराज पन्त/
कञ्चनपुर,साउन १५
नेपाली काँग्रेस कञ्चनपुरले सरकार विरुद्ध शान्ती प्रदर्शन गरेको छ ।
सरकार बिरुद्ध देशैभरी प्रर्दशन गर्ने पुर्व घोषित कार्यक्रम तय गरिएअनुरुप सदरमुकाम महेन्द्रनगरमा मध्याह्न १२ बजेदेखि प्रदर्शन गरेको हो ।
सदरमुकाम महेन्द्रनगरमा मंगलवार विहानै देखी पानी परिरहेपनी नेता कार्यकर्ताहरुले रेनकोट, छाता ओढेरै प्रर्दशन गरेका छन् । केही नेताहरु पानीमै भिजेर समेत प्रर्दशनमा उत्रेका छन् ।
काँग्रेस कञ्चनपुरका पार्टी सभापति हरि प्रसाद बोहराले केन्द्रीय कार्यक्रम अनुसार कञ्चनपुरमा समेत ओली सरकारको अधिनायक र जनबिरोधी कार्य बिरुद्ध प्रर्दशन गरिएको जानकारी दिनुभएको छ ।
ओली सरकार बिरुद्ध नाराबाजी गरिरहेका काँग्रेसका नेता कार्यकर्ताले करबृद्धि रोक्नुपर्ने, महङगी नियन्त्रणमा जोड दिएका छन् ।
प्रर्दशनमा केन्द्रीय सदस्यद्वय एनपी साउद र रमेश लेखक, नेताहरु दिवान सिंह विष्ट, बहादुर सिंह थापा लगायत भातृ संघसंस्थाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको छ । महेन्द्रनगर बजार प्रर्दशन पछि मदन चोकमा कोण सभामा परिणत भएको थियो 
कोणसभामा वोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा  नेता लेखकले गत बिहीबार बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका–२ कि १३ वर्षिया निर्मला पन्तका हत्यारालाई तत्काल पक्राउ गरी कारवाही गर्न सरकारसँग माग गरे । उनले हत्यारालाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि नबढाए सरकारले नराम्रो नियति भोग्नुपर्ने पनि चेतावनी दिए । 
‘‘अपराधीलाई कारबाही गर भनेर आएका महिलालाई लाठी र युवालाई अश्रुग्यास होइन, हिम्मत भए सरकारले २४ घण्टाभित्र अपराधीलाई पक्राउ गरेर कारवाही गरोस’’ लेखकले भने, ‘‘बलात्कार र हत्या जस्तो जघन्य अपराधमा संलग्न अपराधीलाई कारवाही गर्ने हिम्मत छैन भने नालायक सरकारलाई शासन गर्ने कुनै हैसियत छैन ।’’
बालिका बलात्कार र हत्याको घटनामा संलग्नलाई कारवाहीको माग गर्दा सत्ता पक्षले कांग्रेसमाथि लगाएको ‘लाशको राजनीति’ को आरोपको नेता लेखकले कडा शब्दमा निन्दा गरे ।