उन्नत विउ र आधुनिक प्रविधिक ज्ञानका कारण कञ्चनपुरका कृषक उखुखेति तर्फ आर्कषित

बाशुदेव भट्ट

कञ्चनपुर, फागुन ९
क्ञ्चनपुरका कृषकहरु पछिल्लो समय     उखु खेति तर्फ आर्कषित हुदै आएका छन ।
नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरले आर्थिक विकास मार्फत विपद जोखिम व्यवस्थापन परियोजना (एमरेड), महाकाली सुगर मिल र उखु उत्पादन किसान हक हित संरक्षण समितिले संयुक्त रुपमा कृषकहरुलाई विभिनन किसिमका कृषि औजारसंगै उन्नत जातका बिउ र प्राविधिक ज्ञान दिएपछि कृषकहरु उखु खेति तर्फ आकर्षित हुदै आएका हुन ।
 
विगतमा परम्परागत तरिकाले गोरुले जोतेर उखु लगाउने कृषकहरु यतिबेला कृषि यन्त्रहरुको प्रयोग गर ट्रेक्टरद्वारा उखु लगाउने गरीरहेका छन ।भने कृषहरुका समुहलाई नयन नयन प्रविधि वाट उखु लगाउने तरीकाका वारेमा समेत तालिम दिईरहेका छन जसका कारण कम लागत र मिहिनेतमा वढि भन्दा वढि उखु किसानले उत्पादन गरीरहेका छन । खासगरि राजाहल, ट्रेन्चर र बिउ काट्ने विभिन्न किसिमका उपकरणहरु संघ संस्थाको सहयोगमा कृषकहरुलाई उपलब्ध गराइएको छ । 
अहिले कृषि यन्त्रसंगै उन्नत जातका बिउको प्रयोग पनि बढेको छ’ पछिल्लो समय अधिकाँंस उखु किसानहरुले उन्नत जातका बिउको प्रयोग बढाएका कारण उखुको उत्पादन समेत बढेको छ । अहिले कृषकहरुले भारतबाट भित्र्याइएका सिओ २३८, सिओ ०११८, सिओ ८२७२ लगायतका बिउको प्रयोग बढाएका छन् । यि बिउको प्रयोगले उत्पादन सोचेभन्दा बढी भएको र ट्रेन्चर प्रविधिबाट लगाउदा एउटै उखु ३÷४ किलोग्राम सम्म पुग्ने गरेको कृषकहरु वताउछन ।
कञ्चनपुर जिल्लामा  २ वटा चिनिमिलहरु सञ्चालनमा आएपछि यहांका कृषकहरु थप उखु उत्पादनतर्फ हौसिएका छन् । उनीहरुले उखु मिल र विभिन्न संघ संस्थासंग समन्वय गरेर कृषि यन्त्रसंगै उन्नत जातका बिउहरु मगाउन थालेका छन् । कञ्चनपुरमा ६ हजार हेक्टरमा उखु खेती हुने गरेको छ । यहां रहेका दुवै उखुमिललाई वर्षमा ४५ लाख क्विण्टल उखु आवश्यक पर्ने भएपनि अहिले ३०÷३५ लाख क्विण्टल मात्रै उत्पादन हुने गरेको छ । 
एक मिललाई एक दिनमा २५ हजार क्विण्टल उखु आवश्यक पर्ने मिल संचालकले जानकारी दिएका छन ।