नेकपा कञ्चनपुरका सेक्र्रेटरी सहित तीन प्रहरी नियन्त्रणमा

कञ्चनपुर, फागुन ८

नेकपाका कार्यकर्ताले बन्दको अवाज्ञा गरेको भन्दै महेन्द्रनगरमा एक जिपमा तोडफोड गरिदिएका छन् । महेन्द्रनगरदेखि काठमाण्डौँ गईरहेको बुढीगंगा जलविद्युत आयोजना अछामको बा १५च ७५८ नम्बरको जिपमा तोडफोड गरेको हो ।
बन्दकर्ताले बन्दको अवाज्ञा गरेको भन्दै जिपको अगाडीको सिसामा ढुङगा प्रहार गरि सिसा तोडिदिएको कञ्चनपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाईकलमा आएका बन्दकर्ताले ढुङगा प्रहार गरि सिसा तोडिदिएका थिए । 
उक्त गाडी अहिले वडा प्रहरी कार्यालयमा राखिएको छ । सिसा तोडफोड बारे अहिलेसम्म कसैले जिम्मा पनि लिएको छैन। 

उता प्रहरीले सिसा तोडेको आरोपमा सोधपुछका लागी भन्दै नेकपा कञ्चनपुरका सेक्र्रेटरी सहित तीन नेकपा कञ्चनपुरका नेताहरुलाई नियन्त्रणमा लिएको छ । नेकपा कञ्चनपुरका ब्युरो नेता विपि उपाध्यायले बन्दका बेला संकास्पद आधारमा विना कारण नेकपा कञ्चनपुरका सचिव राजेन्द्र विष्ट, नेताहरु बिरेद्र शाह र जिल्ला सदस्य मान बहादुर विष्टलाई पक्राउ गरेको जानकारी दिनुभयो । जिल्लामा शान्तीपुर्ण बन्दको आह्वान गरेको भएकाले कुनैपनी जनधनमा क्षति नपुगाएको र कहि कतै तोडफोड भए पनी आफुहरुको संलग्नता नरहेकाले त्यसको जिम्मापनी नलिने नेता उपाध्यायले जानकारी दिनुभयो ।

तीनै जनालाई बिना कारण हिरासतमा लिएको र नेकपा कञ्चनपुरले तीनै जना नेताको रिहाईको माग समेत गरेको छ । रिहाई नगरे पुनः अर्को आन्दोलन चर्काउने चेतावनी दिएको छ ।