कञ्चनपुरमा बन्दको अंiशिक प्रभाव , भारत वाट आउने यात्रि अलपत्र

कञ्चनपुर, फागुन ८ 
नेकपा विप्लव नेतृत्वको नेकपाले आब्हान गरेको नेपाल बन्दको असर कञ्चनपुरमा पनि परेको छ जसका कारण सामान्य जनजिवन प्रभावित भएको छ  ।बन्दका कारण भारतका विभिन्न स्थानबाट रोजगारी गरि नेपाल फर्किने मजदुर अलपत्र परेका छन् । 
मंगलबार बिहानैबाट महेन्द्रनगरदेखि विभिन्न गन्तव्यका लागि छुट्ने सार्वजनिक यातायातका सवारी साधन संचालन हुन नसक्दा उनीहरु बसपार्कमा अलपत्र गरेका हुन् । उनीहरु महेन्द्रनगर बसपार्क र यहाँका होटेलमा दिनभर बस्न बाध्य भएका छन् । 

बन्दकाकारण यातायात ठुला सवारी साधन नचल्दा मुद्रे यातायात, मयुरी, तिनपाङग्रेस सवारी साधनका संचालकलाई भने चर्को भाडामा यात्रु ओर्सार्ने काम गरिरहेका छन् । बन्दले एकातिर यात्रु र व्यवसायी मारमा परेका छन् । महेन्द्रनगरदेखि दैजी, झलारी, बेल्डाँडी, बेलौरी, वाणि, पुर्नवास, अत्तरियासम्म १५ सयदेखि ३५ सयसम्म भाडा अशुलीरहेका यात्रुहरले वताएका छन । आकस्मिक काम भएका यात्रुहरुले चर्को भाडा तिरेर भएपनि गन्तव्यसम्म जान बाध्य भएका छन् । 

बन्दका कारण महेन्द्रनगरबाट संचालन हुने महाकाली, पवनदुत, नमस्ते शुक्लाफाँटा र मानव यातायातका कुनै पनि सवारी साधनलाई समिति प्रालिले संचालनका लागि आधिकारिक चलान दिएको छैन् । 
पत्रकारकार, एम्बुलेन्स, आकस्मिक सवारी साधनमा भने रोक लगाईएको छैन् । 
बन्दका कारण कञ्चनपुरका बजार पनि आंशिक रुपमा बन्द भएका छन् । महेन्द्रनगर, गड्डाचौकी, दैजी, झलारी, वाणि, गुलरिया, आईबिआरडी, बेलौरी बेल्डाँडी दोधारा क्षेत्रका ग्रामीण बजार पनि छुटपुट मात्रै बन्द गरिएका छन् । भने कञ्चनपुरका क्याम्पस विद्यालय पनि बन्द भएका छन् । 

जिल्लाको मुख्य बजार महेन्द्रनगर पनि आंशिक बन्द भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बन्दलाई मध्य नजरगर्दै राजमार्ग लगायतका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । नेकपाले आफ्ना बिना कारण विराटनगरमा भईरहेको युवाको राष्ट्रिय सम्मेलनमा प्रहरीले हप्तक्षेप गरेको बिरुद्धमा नेपाल बन्द आब्हान गरेको जनाएको छ ।