प्रदेशस्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव सुरु

डिल्लीराज पन्त,
कञ्चनपुर, माघ २९ 
कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा  प्रथम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव सुरु भएको छ । कञ्चनपुर उद्योग बाणिज्य संघको आयोजनामा आज (सोमवार ) देखि फागुन ९ गतेसम्म सदरमुकाम महेन्द्रनगरको खुला मञ्चमा हुन लागेको महोत्सवको महोत्सव उद्घाटन ७ नम्वर प्रदेशका प्रदेश प्रमुख मोहन बहादुर मल्लले गर्नुभएको छ । 
महोत्सव उद्घाटन गर्दै प्रदेश प्रमुख मल्लले आर्थिक विकासका लागि मेला लाभदाय हुने बताए । प्रदेश प्रमुख मल्लले ७ नम्बर  प्रदेशको आर्थिक विकासका लागि राजनीतिक भन्दा माथि उठेर काम गर्नुपर्ने सुझाव दिएका छन् ।  
सुदूरपश्चिमको उत्पादन प्रवद्र्धन र पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा स्थानीय संस्कृतिको संरक्षणका लागि महोत्सव आयोजना गर्न लागिएको कञ्चनपुर उद्योग बाणिज्य संघले जनाएको छ।
१० दिनसम्म चल्ने महोत्सवमा विभिन्न वस्तुका १ सय ५० स्टल ।ाखिएका छन । मेलामा लघु प्रदर्शनी, अटो प्रदर्शनी, कृषि प्रदर्शनी, गार्मेन्ट, जुत्ता चप्पल, वैकल्पिक उर्जा, पर्यटन प्रवद्र्धन, दैनिक उपभोग्य सामाग्री, निर्माण सामग्री, औजार, सूचना प्रविधि, इलेक्ट्रोनिक्स, शिक्षा, स्वास्थ्य क्षेत्रका सेवाहरु प्रदर्शनमा राखिएका  छन् । 
यसैगरी साँस्कृतिक कार्यक्रम, हास्यव्यङ्ग, दोहोरी, देउडा, थारु राना नृत्य र विभिन्न खानाका परिकारहरु पनि मेलाका आकर्षणका रुपमा राखिएको संघका सचिव तथा सांस्कृतिक संयोजक मदनराज पन्तले जानकारी दिनुभएको छ ।
महोत्सवमा मुख्य आयोजकमा कञ्चनपुर उद्योग बाणिज्य संघ र भिमदत्तनगर पालिका रहेका छन् । महोत्सवको प्रवद्र्धकमा बाणिज्य मन्त्रालय÷व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, नेपाल पर्यटन बोर्ड, एक गाउ एक उत्पादन लगायतका कार्यक्रम छन् । 
महोत्सवमा करोडौको कारोबार हुने अपेक्षा गरीएको छ भने  महोसत्व अवधिभर  ढाई लाख जनाले अवलोकन गर्ने आंकलन गरएिको छ ।
महोत्सव अवलोकनका लागि भारत को सिमावर्ति जिला उत्तराखण्ड ,उद्यमसिह नगर लगायतका सहरबाट उद्यमी व्यवसायी र अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ । 
उद्योग वाणिज्य संघ कञ्चनपुरले विगत २०५७ देखि महाशिवरात्रिको अवसर पारी मेला आयोजना गर्दै आएको छ ।