लैङ्गिक हिंसा न्यूनिकरणको लागि मैत्रीपुर्ण क्रिकेट प्रतियोगिता


कञ्चनपुर , असोज ३१
लैङ्गिक हिंसा न्यूनिकरणको लागि कृष्णपुरमा मैत्रीपुर्ण क्रिकेट खेलको आयोजना भएको छ । कृष्णपुर नगरपालिकाको श्री कृष्ण माविको मैदानमा  द्वन्द्व पिडित तथा एकल महिला विकास केन्द्र कञ्चनपुरको आयोजनामा कंचनपुर जिल्ला फुटवल संघले संचालन गरेको मैत्रीपुर्ण खेलमा द्वन्द्व पिडित तथा एकल महिला विकास केन्द,का अध्यक्ष सिता बोहराको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा  प्रमुख अथिति कृष्णपुर नगरपालिका का प्रमुख कर्ण हमाल ,बिशिष्ठ अथिति उप प्रमुख रमिता राना बडायक  कञ्चनपुर जिल्ला क्रिकेट संघका अध्यक्ष दिपक चालिसे बिशिष्ठ अथिति रहेका थिए ।
कार्यक्रममा कृष्णपुर नगरपालिकाका वार्ड अध्यक्षहरु सदस्यहरm कष्ण माविका प्रध्याना अध्यापक गोपाल दत्त बडु, ब्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र सिह धामि, नेपाली काग्रेस का बाशुदेव पनेरु,नेकपा मओबादी केन्द्रका अमाकान्त जोशी समाज सेवी कर्ण बानियाको उपस्थीति रहेको थियो।महिलाको प्रगतिमा सामाजिका बाधाहरुको संबोधन (आस्था) परियोजना अन्तरगत खेलाडी र खेलकुदको माध्यमबाट पनि लैङ्गिक हिंसा न्यूनिकरणको लागि जनचेतना अभिवृद्धि गर्न  सकिन्छ भनेर महिला र पुरुष खेलाडीहरुको  संयुक्त टिम  बनाएर मैत्रिपुर्ण खेलकुद प्रतियोगताको आयोजना गरिएको जिल्ला संयोजक प्रभु निधि पन्तले वताउनु भयो । 
टस जितेर जिल्ला क्रिकेट संघले १०० रन बनाएको खेलमा युनाईटेड युथ कल्वले निधार्रित १५ ओभरमा ६ बिकेटको क्षतिमा लक्ष पुरा गरि जित हासिल गरेको थियो । यस अघि मैत्रीपुर्ण फुटबल तथा क्रिकेट प्रतियोगिताको आयोजना गरि प्रभावकारी नतिजा देखिएकोले यो मैत्रिपुर्ण खेलको आयोजना गरिएको संस्थाले जनाएको छ । संस्थाले सन २०१६ देखि कञ्चनपुरको बेदकोट बेलौरी र कृष्णपुर नगरपालिकामा साथि संस्था काठमाण्डौ संगको साझेदारी र गभर्नेन्स फसिलिटी नेपालको आर्थिक सहयोगमा महिलाको प्रगतिमा सामाजिक बाधाहरुकोे सम्बोधन आस्था  परियोजना संञ्चालन गरिरहेको छ उक्त परीयोजनाले लैङ्घिक हिंसा अन्त्य तथा लैङ्घिक शसक्तिकरण सम्बन्धी राष्टिय रणनिति तथा कार्य योजना २०६९÷२०७०— २०७३÷२०७४लाइ सहयोग पुगाई रहेको छ ।