विद्यार्थी दमनको नेविसंघ अमेरिका शाखाद्वारा विरोध

काठमाडौं, माघ १८
चिकित्सा शिक्षा विधेयक, निर्मला हत्याकाण्ड, वाइडबडी, भ्रष्टाचार र विभिन्न प्रकरणहरु विरुद्धको आन्दोलनमा विद्यार्थीमाथि भएको सरकारको दमनलाई नेविसंघ अमेरिका शाखाले भत्र्सना गरेको छ ।
विद्यार्थीहरुको आन्दोलनमा पूर्ण ऐक्यबद्धता जनाउँदै सरकारको अलोकतान्त्रिक प्रक्रिया र चरित्रले दुइतिहाइएको मानमर्दनमा आँच पुगेको भन्दै भत्र्सना गरेको हो । 
विज्ञप्तिमा डा. गोविन्द केसीसंग भएको सम्झौता बमोजिम चिकित्सा शिक्षा विधेयक, २०७५ कार्यान्वयन नगर्दा विद्यार्थीहरुको बलिदानीबाट प्राप्त लोकतन्त्र खतरामा पर्न गएको उल्लेख छ ।
सभापति प्रभातराज सापकोटाको अध्यक्षतामा बसेको बैठकमा पछिल्लो समय संसद माऊ पाटी नेपाली कांग्रेस को विरोधको बादजुद पारित भएको चिकित्सा शिक्षा विधेयक , बलात्कारपछि हत्या गरिएकी निमला पन्तको हत्यारा पता नलाउनु , दुई तिहाई सरकारले अधिनायकबाद लाद्न खोजेकोजस्ता बिषयमा छलफल भएको नेपाल विद्यार्थी संघ कंचनपुर का नेता शेष बिस्ट ले जानकारी दिए ।