नगर विकास जग्गा लिज प्रकरणः आन्दोलनका विरुद्ध आन्दोलन

कञ्चनपुर, माघ १६
सरकारले विघटित गरेको महेन्द्रनगर नगरविकास समितिको जमिन लिज प्रकरण बिरुद्ध कञ्चनपुरका युवा र विद्यार्थी संगठनले आन्दोलन जारी राखेका छन् । 
सत्तापक्ष लगायतका ६ राजनीतिक दलसंग आबद्ध युवा÷विद्यार्थीले अवैध लिज भत्काउनुपर्ने माग अघि सारेर मंगलबारदेखि अनिश्चितकालिन आम हड्ताल आब्हान गरेका थिए । युवा÷विद्यार्थी संगठनको दवावपछि संघीय आयोजना कार्यान्वयन इकाई धनगढीले संचरना भत्काए शुरु गरेपछि असन्तृष्ट रहेका आन्दोलनकारीले आन्दोलन जारी राखेका हुन् । 
बुधबार पनि आन्दोलनरत युवा÷विद्यार्थीले महेन्द्रनगर बजार बन्द गराउनुका साथै यातायात, शैक्षिक संस्था, सवारी साधन आवागमनमा रोक लगाएका छन् । उनीहरुले ठुला भनिएका भू–माफियालाई सरकारी पक्षले संरक्षण गरेको र खोकाछाप्रावालालाई निसाना बनाएर संरचना भत्काएको भन्दै आपत्ति जनाएका थिए । 
आन्दोलनरत युवा÷विद्यार्थीले जुन ठाँउबाट डोजर लगाउने भनिएतापनि खोकाछाप्रावालामा मात्रै लगाएकाले आन्दोलन नरोकिने घोषणा गरेका छन् । बन्दका कारण विद्यार्थी, यात्रु, सार्वसाधारण मारमा परेका छन् । संघीय कार्यान्वय इकाईले पहलमा मंगलवार साझ भाडामा डोजर ल्याएर खोकाछाप्रावालाका निर्माण हुन लागेका घर टहरा भत्काएको थियो । 
दुई दशकदेखि बस्दै आएका खोकाछाप्रावालाकै घरमा डोजर लगाएर सरकारले कानुनको उपहार गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रेका छन् । बिहानैदेखि खोकाछाप्रावालाहरुले सडकमा टायर बालेर बिरोधमा उत्रिका हुन् ।
 उच्च आदालतले भीमदत्त नगरपालिका र प्रशासनलाई १५ दिन भित्र कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ मागेको अवस्थामा एकाएक आएर बस्तीमै डोजर लगाएर कानुन लत्याएको भन्दै आन्दोलित भएका हुन् । 
उनीहरुले यस अघि पनि डोजर लगाएकै घरमा पुनः पुर्वाग्रही ढङगबाट डोजर लगाएको भन्दै राजनीतिक प्रतिशोध र सत्ताको धनधन्की देखाएको आरोप लगाएका छन् । टायर बालेर जनप्रतिनिधि विरुद्ध नाराबाजी समेत गरिरहेका छन् ।  
आफ्नो बिरुद्ध कसैले आन्दोलन गरे शसक्त प्रतिकारमा उत्रिने चेतावनी दिदै उनीहरु आक्र्रोसित भएका छन् । 
महेन्द्रनगर नगरविकास समितिको जमिन लिजमा लिएर व्यवसाय एव संरचना निर्माण गरिरहेकाहरु पनि आन्दोलित भएका छन् । कानुन अनुसारै लिज लिएको र सोही अनुसार नगरविकास समितिले भाडा समेत लिएको भन्दै उनीहरु पनि आन्दोलित भएका हुन् । बुधबारदेखि उनीहरुले महेन्द्रनगरका ठाँउ ठाँउमा टायर बालेर आन्दोनलमा उत्रिका छन् ।
 नविसबाट जमिन लिजमा लिएका प्रमानन्द जोशीले वैधानिक रुपमै आफुहरुले जमिन लिजमा लिएको बताए । उनले अहिले लाखौँ, करोडौँका संरचना निर्माण हुँदा पनि नरोकेको र अहिले आएर रोक्ने प्रपञ्च गरेको भन्दै आन्दोलित भएको बताए । 
यस्तै नविसकै जमिन लिजमा लिएर व्यवसाय गर्दै आएका महेश भट्टले बन्द बिरुद्ध प्रतिकारात्मक आन्दोलन भएको बताए । उनले केही दुई चार हुलहुज्जलको भरमा जनताको घरमा डोजर लगाएको भन्दै त्यसको बिरुद्धमा आन्दोलित भएको बताए । लिज र खोकाछाप्रावालाले आन्दोलनरत युवा÷विद्यार्थी मध्ये केहीका आफै माफिया र कतै सार्जजनिक जमिन ताललतैला कब्जा गरेर यता पनि बार्किनिङ्ग गर्नका लागि आन्दोलन गरिरहेको आरोप लगाएका छन् । 
नविसको लिज प्रकरण आन्दोलन बिरुद्ध उत्रिका युवा÷विद्यार्थी, खोकाछाप्रावाला र लिज प्रकरणवालाहरुको संगै एकसाथ महेन्द्रनगरमा आन्दोलन हुँदा बजार ठप्प हुनुका साथै महेन्द्रनगरको अवस्था तनावपुर्ण भएको छ । आन्दोलनका कारण महेन्द्रनगर बजार मात्र धरासायी नभई यहाँको शैक्षिक संस्था एव उद्योग, कलकारखाना सर्वसाधारणको दैनिक कष्टकर भएको छ । बन्द, हडतालको विकल्प खोज्न समेत स्थानीयले आन्दोलनरत पक्षसंग आग्रह गरेका छन् ।