आधुनिक शवदाह घाट निर्माण सुरु , स्थानिय खुसी

महेन्द्रनगर, १५ माघ
डिल्लीराज पन्त/
कञ्चनपुरको भीमदत्त नगरपालिका ११ भुजेलामा शवदाह घाट निर्माण कार्य सुरु गरिएको छ । महाकाली नदीको किनारमा डिपिआर तयार गरेर छनौट गरेको पहिलो चरणमा १ सय मिटर लम्बाईमा शवदाह स्थल निर्माण कार्य सुरु गरिएको हो । वर्षौ देखी यस क्षेत्रमा शव दाह गर्ने निश्चिित स्थान नहुदा समस्या झेल्दै आएका थिए । विशेष गरी वर्षतका बेला महाकाली नदि को तटवन्ध सम्मे पानी आउने भएकाले शव को दाह शंस्कार गर्न साह्ै समस्या आउने गरेको थियो । 
भीमदत्त नगरपालिका का नगर प्रमुख सुरेन्द्र विष्टले शवदाह निर्माण थालनीसँगै नगर क्षेत्रको ठूलो समस्या समाधान हुने भन्दै चुनावी प्रतिवद्धता अनुसार शवदाह स्थल निर्माणलाई प्राथमिकतामा राखेको बताए । शवदाह स्थल नहुँदा नगरवासीलाई विगतमा अन्त्येष्टी गर्न समस्या हुने गरेका नगर प्रमुख विष्टले भनाई थियो । 

२०६६ साल वाटै शव दाहका लागी  महाकाली नदि किनारमा आधुनिक नै नभएपनी स्थान छनौटका लागी संघर्ष समितिनै बनेको थियो । तर  त्यो संघर्ष समितिले पटक पटक शवदाह निर्माणका लागी आन्दोलन गरे पनी कुनै पनी निकायले वास्ता गरेको थिएन । स्थानिय सरकार आइृ सकेपछि भने शव दाहका लागी शहर िविकास मन्त्रालय संग समन्वय गरी निर्माको थालनी गरेको हो  । शव स्थल छनौट संघर्ष समितिका अध्यक्ष तारा दत्त जोशीले आफुहरुले दशक अघि थालेको आभियानले बल्ल सार्थकता पाएको र यो क्षेत्रका वासिन्दाले आफन्तको अनतेष्टि सहज ढंगले गर्न पाउने भन्दै खुसि व्यक्त गरेका छन ।
 

। शहरी विकास मन्त्रालय संघिय इकाईको ३ करोड २५ लाख लागतमा निर्माण जिम्मा पाएको सनीदेव निर्माण सेवा प्रालीले शव दाह स्थल डेढ वर्षभित्र पहिलो चरणको कार्य सम्पन्न गरिने सनीदेव निर्माण सेवा प्रालीका प्रोपराइटर देवी दत्त भट्टले वताउनुभएको छ । सन्नीदेव निर्माण सेवा प्रालीका का अनुसार पहिलो चरणमा एक सय मिटर लम्बाई क्षेत्रफलमा शवदाह स्थल निर्माण गरिने छ । 

शव दाह स्थलमा  ‘गेभिन प्रोटेक्सन सहित दुई आरसिसी रिटेनिङ््ग वाल लगायतका निर्माण कार्य हुनेछ । हिउद र बर्खायाममा समेत अन्त्येष्टी गर्न सकिने योजनाका साथ आधुनिक तवरले निर्माण थलनी गरिएको सन्नीदेव निर्माण सेवा ले जनाएको छ ।
विगतमा पानी भएको क्षेत्रमा भारतले शवदाह गर्न नदिने र  महाकाली नदीको बिचभाग सम्म पग्नुपर्ने अवस्था भएकाले  आधुनिक शव दाह वन्ने भएपछि स्थानिय ले खुसी व्यक्त गरेका छन । 

विगत लामो समय देखी कञ्चनपुको भिमदत्त नगरपालीका, बेदकोट नगरपालिका लगायतका क्षेत्रका वासिन्दाले मान्छे मरेपछि समेत उसको सदगतका लागी निश्चित स्थान नहुदा समस्या झेल्दै आएका थिए । शव दाह स्थल निर्माण सुरु भए संगे शव को दाहसंसकार गर्दा आउने समस्या समाधान हुने निशिचत छ ।