माईती नेपाल कञ्चनपुर द्धारा दुई सय वढि महिला तथा बालबालिकाको उद्धार 

माईती नेपाल कञ्चनपुर द्धारा दुई सय वढि महिला तथा बालबालिकाको उद्धार 
कञ्चनपुर, मंसिर २२
पश्चिमी नाका कञ्चनपुरको गड्डाचौकीबाट दुईसय महिला तथा बालबालिकाको उद्दार गरिएको छ । शनिबार माईती नेपाल कञ्चनपुरले महेन्द्रनगरमा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पश्चिमी नाकाबाट माईती नेपाल कञ्चनपुरले एक बर्षको अवधिमा २४ बालक, ७१ बालिका र १०५ महिलाको उद्दार गरेको जनाएको हो । 
माईती नेपाल कञ्चनपुरका सयोजक महेश्वरी भट्टले सन २०१८को अवधिमा माईती नेपालले जिल्लाको पश्चिमी सीमा नाकाबाट भारत जान लागेका बालक, बालिका र महिलाको उद्दार गरि घरपरिवारको जिम्मा लगाएको बताए । संयोजक भट्टका अनुसार गड्डाचौकी र दोधाराचाँदनी झोलुङ्गेपुलमा माईती नेपालको सुचना केन्द्र मार्फत उनीहरुको उद्दार गरिएको थियो ।
 ‘कुनै न कुनै बहानामा उनीहरुलाई दलालले बेच्नका लागि कञ्चनपुरको पश्चिमी नाका भएर भारत लग्दैक्रममा हामीले सोधपुछ गरेका थियौँ, ‘संयोजक भट्टले भने, ‘हाम्रो सोधपुछका क्रममा उनीहरु जोखिममा परेको विश्लेषण गर्दै घरपरिवार बोलाएर उनीहरुको जिम्मा लगाएका थियौँ ।’ मानव तस्करले उनीहरुलाई राम्रो काममा लगाईदिन्छु, बिहेगर्छु, विदेश पठाईदिन्छु भन्दै कञ्चनपुरको बाटो जोगिका थिए । 
माईती नेपाल कञ्चनपुरको तथ्याङ्क अनुसार ४९ जिल्लामा महिला, बालबालिकाको रोकथाम गरिएको छ । उनीहरुलाई बेचिनबाट जोगाईएको थियो । उद्दार गरिएका जम्मा दुईसय मध्ये ११२ जना सुदूरपश्चिम प्रदेशकै रहेका छन् । 
सबैभन्दा बढि कञ्चनपुर र  कैलाली र सबैभन्दला कम डोटीका छन् । कञ्चनपुरका ३७, कैलालीका ३२, अछामका १९, बैतडी र बाजुका ६÷६, डोटी १, बझाङ्ग २, डडेल्धुरा ४ र दार्चुलाका ५ जनालाई उद्दार गरिएको छ ।
एक वर्षकोे अवधिमा सीमा क्षेत्रबाट सबैभन्दा बढि भारत जान लागेका १६७, इरान १५, किर्गिस्थान ११, अस्टे«लिया ४, पोल्याण्ड, दुबई, कुबेत एक÷एक जनाको सीमा क्षेत्रमा बेचिनबाट जोगिएका छन् । ‘भारत जान लागेका सबै संस्कापद व्यक्ति थिए, ‘माईती नेपाल कञ्चनपुरका संयोजक भट्टले भने, ‘विदेश जान दिल्ली भएर जाने स्वत गैरकानुनी भए, त्यसैले उनीहरुले जोखिमा परेका थिए । 
यस्तै माईती नेपाल कञ्चपुरले एक बर्षको अवधिमा भारतका विभिन्न स्थानबाट बेचबिखनको जोमिमा गरेका १० जनाको समेत उद्धार गरि सम्बन्धीत घर परिवारलाई बुझाएको छ । भारतका मुख्य शहर पञ्चाब, दिल्ली, मर्दासबाट दुई दुई र हैदरवाद, खटिमा, बेङलोर, पुनाबाट एकएक जनाको उद्दार गरिएको थियो । एक बर्षको अवधिमा माईती नेपाल कञ्चनपुरमा १५८ मानिस हराएका मध्ये २९ जना फेला परेका थिए । उनीरुलाई समेत घरपरिवारको जिम्मा लगाईएको छ । २३ घरेलु हिंसाका उजुरी मध्ये १७ मिलापत्र, ३ जबरजस्तीकरणी र २ मानव बेचबिखन बिरुद्ध माईती नेपाल मार्फत मुद्दा दायर गरिएका छन् । 
माईती नेपाल कञ्चनपुरले एक बर्षको अवधिमा ३७ हजारलाई सीमा क्षेत्रमा परामर्श समेत दिएको छ । सुरक्षित आप्रवासन एव मानव बेचबिखन सम्बन्धी परामर्श दिईएको हो । माईती नेपाल कञ्चनपुरका संयोक भट्टले गरिबी, सुविधायुक्त जिवन, बेरोजगारी, विवाहको प्रलोभन मायाजाल, परिवारको दवाव, योजना, घरेलु हिंसा, मोबाईल, समाजिक सञ्जाल दुरुपयोगका काण मानव बेचबिखनको सिकार बनेको छ । 
परिवारकै सदस्य एव आफन्त बेचबिखनका सहभागि हुँदा समेत मानव बेचबिखन रोकथाममा चुनौती थपिदिएको संयोजक भट्टको अनुभव छ । ‘मानव बेचबिखन मुद्दामा घर परिवार अहिलेका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधीकै दवाव आउँछ, ‘उनले भनिन, ‘सीमा क्षेत्रमा हामीले रोक्दा छाडिदिनुप¥यो, मेरी छोरी या छोरा आफन्त कहा जादैछ, बरु हामीले घरपरिवार स्थानीय सकारबाट के गर्नुपर्छ बनाउन तयार छौ, भन्ने जस्ता अभिव्यक्ति आउने गर्दछन ।’ सरकारी कर्मचारी एव कार्यलयकै सहभागितामा समेत मानव बेचबिखन हुने गरेको उनको अनुभव छ । मावन बेचबिखनका दलाव एव समुह बढि सकृय र चलाख हुने भएकाले समेत मानव बेचबिखन रोकथाममा चुनौती थपिएको छ ।
 सीमा क्षेत्रमा भारत जानेको एकिन ठेगाना एव तथ्याङ्क अभावका कारण समेत चुनौती थपिएको छ । सबैको पहलमा मात्रै मानव बेचखिबन रोकिने माईती नेपाल कञ्चनपुरका संयोजक भट्टको भनाई छ । मानव बेचबिखन जस्तो जघन्य अपराधमा दोसिलाई बचाउन कानुनी पक्ष समेत बलियो भएकाले त्यसबाट समेत सबैले गम्भिर हुनुपर्ने संयोजक भट्टको भनाई रहेको छ ।