भिमदत्तनगर १२ नम्वर वडाका सडक स्तरोन्नती हुने

कञ्चनपुर, कर्तिक १२,
डिल्लीराज पन्त/
कञ्चनपुरको भिमदत्त नगरपालीकाका विभिन्न ग्रामिण सडकको स्तरोन्नती हुने भएको छ ।
वर्षो देखि जिर्ण अवस्थामा रहेका र वर्षातका बेला हिड्नै नसिकने सडकहरु स्थानिय सरकार आएपछि अधिकांस ग्रावेलिङ भएका छन । भने केहि कालोपत्रै समेत गरीएका छन ।
आगामी दिनमा केहि मुल सडकहरु कालोपत्रे गर्ने उद्येश्यका साथ ग्रावेल गरएिको सडकहरु स्तरोउन्नती गर्न लागएिको वडा नम्वर १२ का वडा अध्यक्ष कृष्ण सिंह देउपाले जानकारी दिनुभएको छ । उहाका अनुसार पहिलो चरणमा चमडामाटि सडक, बसन्तपुर –महाकाली नदि जोडने सडक र ओदाली सडक (भेलैयावालाको घर देखि पश्चिम ओदाली चौराहा सम्मको )लाई स्तरोन्नतीका लागी ६ मिटर चौडाई सहित सडक विस्तार गरीने छ ।
यसै अर्थिक वर्ष भित्र कार्य सम्मपन्न गर्ने गरी करिव ८ किलोमिटर सडकको स्तारोन्नती हुने १२ नम्वर वडा कार्यालयले जनाएको छ ।
ग्रमिण सडक भएकाले कहिकतै मापदण्ड विपरीत सडक अतिक्रमण्म रहेको भएपनी अहिले ६ मिटर वाटोको मापन अनुसार सडक विस्तार गरिने र स्थानिय जनता र जनप्रतिनिधि विच समझदारी र सहकार्य गरी विकास निर्माण गर्ने वडा अध्यक्ष देउपाले जानकारी दिनुभएको छ ।
कहिकतै थप घट होला त्यसलाई मात्रै मिलाएर मापदण्ड अनुसारको सडक खोल्ने हो , अहिले कसैले भोगचलन गरेको जग्गा भएपनी ६ मिटर वाटो को लागी छोडेर सडक विस्तारकार्यमा सहयोग गर्न वडा अध्यक्ष देउपाले स्थानियवासी संग आग्रह समेत गरेको छ ।
 १÷२ जनाले सामान्य कुरामा विवाद उठाएर अवरोध गर्दा पुरै विकास निर्माणमा वाधा पुग्ने हुदा र पछिल्लो पुस्ताले समेत अहिलेको विकास निर्माण वारै चासो राख्ने भएकाले सवै स्थानियले आफ्नो गाउको विकास र नमुना गाउ वनाउन वडावासिको दायित्व र जिम्मेवारी लिनु जरुरी देखिन्छ ।