समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई पूर्ण सहयोग गर्छौ ः नगर प्रमुख विष्ट

महेन्द्रनगर, ११ कार्तिक

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले प्रहरीले सञ्चालन गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई पूर्ण सहयोग गरिने प्रतिवद्धता जनाएका ्छन् । जिल्ला प्रहरी कार्यालयले आइतबारदेखि सुरु गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रमको कञ्चनपुर उद्योग बाणिज्य संघमा उद्घाटन गर्दै नगर प्रमुख विष्टले सुरक्षा निकाय र प्रहरीबचि आपशी सम्बन्ध बलियो भएर शान्ति सुरक्षाको अवस्थामा सुधार आउने बताए । उद्घाटन गर्दै नगर प्रमुख विष्टले सुरक्षा निकाय र प्रहरीबचि आपशी सम्बन्ध बलियो भएर शान्ति सुरक्षाको अवस्थामा सुधार आउने बताए । ‘जोसित जे छ, त्यसै अनुसारको योगदान दिनु पर्छ, सबैको योगदानबाट समाज, नगर, देश बन्छ’ उनले भने,‘त्यसैले यो कार्यक्रमलाई पनि आ–आफ्नो क्षेत्र तह तप्काबाट सहयोग गर्नु पर्छ ।’ प्रहरी समुदायसित मिलेर जाँदा अपराध न्यूनीकरण भएर समाजमा शान्ति सुरक्षाको अवस्था सुधारमा आउने उनले बताए । भीमदत्त नगरपालिकालाई समृद्ध नगर बनाउन एक घर एक विरुवा वितरण अभियान, जैविक मार्ग निर्माण, शुक्लाफाँटा पर्यटन मार्ग निर्माण लगायतका कार्य सुरु गरिएको नगर प्रमुख विष्टले बताए । ‘समृद्ध नेपाल भाषणले हुँदैन, सबैले आ–आफ्नो क्षेत्रबाट काम गर्नु पर्छ’ उनले भने । भीमदत्त नगरपालिकासित शनिबार समुदाय प्रहरी साझेदारी कार्यक्रमका लागि सम्झौता गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, प्रहरी उपरीक्षक कुबेर कडायत, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णुदत्त अवस्थी लगायतले मन्तव्य राखेका थिए ।