एमएनआर फेमली क्याफेले गरायो अनाथवालवालिका हरुलाई दशैको महशुस

कञ्चनपुर, असोज ३१
डिल्लीराज पन्त,
कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर वसपार्कमा अवस्थित एकजना होटेल संचालकले अनाथ वालवालिका हरुलाई दशै आएको महशुस गराएका छन ।
बुधवार महाअष्टमीको दिन पारेर महाकाली अञ्चल वाल अनाथालयका अनाथ वालवालिका र नेपाल वाल संगठनका वालवालिकालाई महेन्द्रनगर वसपार्कमा संचालित एमएनआर फेमली क्याफे एण्ड थकाली भोजनालयल का संचालक चन्द्र सिंह कार्कीले होटेलमा मासु र भात खुवाएर उनीहरुलाई एक दिन भएपनी खुसी पारेका छन ।
भोज कार्यक्रममा माननिय प्रतिनिधिसभा सांसद दिपक प्रकाश भट्ट, भिमदत्तनगर पालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट, बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक चन्दका साथै युवा संघका प्रतिनिधिहरुले वालवालिकालाई भोजन गराएका थिए ।
स्थापना भएको एक महिनामा ख्याति कमाउन सफल भएको एमएनआर फेमली क्याफे एण्ड थकाली भोजनालयले पारिवारीक वातावरणमा सेवा दिदै आएको छ ।
आफुले होटेल संचालन गरेको दिन देखिको दैनिक आयश्रोतवाट १ प्रतिसत अनाथ अशक्त वालवालिका , अशहाय बृद्धबृद्धा र समाज परोपकारका लागी छुट्याउने निर्णय गरे अनुरुप आफुले सो कार्य गरेको र आगामी दिनमा समेत आफुसक्दो समाजका लागी केहि नकेहि सहयोग गर्ने प्रतिवद्धता होटेल संचालक कार्कीको रहेको छ ।
समाजमा जोस जागर र समाजप्रति उत्तरदायि हुनसक्ने युवाको मुलुकलाई र समाजलाई अत्यन्त्तै खाचो रहेको र कार्कीजस्तै सवै युवाहरुले समाजकालागी केहि गर्नुपर्छ भन्ने सोच वनाउनु अतिआवस्यक रहेको सांसद दिपक प्रकाश भट्टले वताएका छन ।