निङ्लाशैनी मन्दिरमा अष्टमी जाँत 

कञ्चनपुर, असोज ३१
डिल्लीराज पन्त.
कञ्चनपुरको भिमदत्तनगर  गोवरिया मा अवस्थित माता निङ्गलाशैनी मन्दिरमा बुधवार भव्य रुपमा अष्टमी मेला लागेको छ । प्रतेक वर्ष महाअष्टमीका दिन यो मन्दिरमा भव्य रुपमा मेला लाग्ने गर्दछ ।
मेला संगै यस मन्दिरमा परम्परागत रुपमा चल्दै आएको वलि दिने चलन समेत रहेको छ ।
विहानै देखि भक्तजनहररु पुजा अर्चना गर्न सो मन्दिरका आउने गर्दछन भने टाढा टाढा वाट वाजा गाजा सहित वलि दिन का लागी वलि दिने पशुलाई अगाडि अगाडि र पछाडि पछाडि भक्तजनहरुको भिड आउने गर्दछ जसलाई स्थानिय भाषामा जाँत भन्ने गरीन्छ ।
जाँत संगै आएको भिड वलि दिन ल्याएका पशु सहित मन्दिर परिक्रमा गर्ने गर्दछन भने परिक्रमा गरीसके पश्चात साझ तिर वलि दिने गरिन्छ ।
देवि भगवतीले आफुले चिताएको मनोकांंक्ष पुुरा गरेपछि भक्तजन ले भाकल गरे अनुसारको पशु ल्याउने र मन्दिर परिसर मै वलि दिने चलन रहेको छ । 
आफुले बलि दिएको राँगा  वा वोका लाई घरमा लगी मासु लाई प्रसादको रुपमा परिवारजन तथा आफन्त जनले खाने चलन छ । 
मेला भर्न छिमेकि जिल्लाहरु  र सिमावर्ति भारतिय गाँउहरुवाट समेत ठुलो संख्यामा सर्वसाधारण आउने गर्दछन ।