ससत्र प्रहरी बलद्धारा भन्सार छलीका समान बरामद

असोज १९ कञ्चनपुर
सशस्त्र प्रहरीले भन्सार छली गरी भारतवाट अवैध रुपमा ल्याउदै गरेको मालसामान वरामद गरेको छ ।
ससत्र प्रहरी बल वोर्डर आउट पोष्ट दोधरा —चादनीले भारतबाट भन्सार छली गरेर ल्याउदै गरेका समान बरामद गरेको हो । ससत्र प्रहरी बल दोधराचानीका प्रमुख प्रहरी निरिक्षक जंग बहादुर कुबर नेतृत्वको टोलीले उक्त समान सुक्रवारे भारतबाट नेपाल भित्रिन लागेका गोप्य सुचनाका आधारमा माहाकाली नगपालिका ७ कञ्चभोजबाट बरामद गरेको जानकारी दिनुभएको छ ।
बरामद गरिएका समानहरुमा  जुत्ता,चप्पल १७१ जोर तथा कपडाका १९ थानहरु ल्गायत विभिन्न फेन्सी आईटम रहेका छन । करिब ७९ हजार मुल्य बराबरका उक्त बरामद गरिएका समान आजै कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको ससत्र प्रहरी निरिक्षक कुबरले वताएका छन ।
दशै तिहार नजिकिदै जादा कञ्चनपुरका विभिन्न खुलानाका वाट तस्करी का सामान भित्रिने गरेका छन ।
 
नेपालको भारतसंग खुल्ला सिमा भएका कारण सिमा क्षेत्रमा यसरी भन्सार छलेर समान ल्याउदा राज्यले दैनिक जसो राजस्व समेत गुमाइ रहेका छ ।