वडा स्तरिय क्रिकेट प्रतियोगिता सुरु १९ वटै वडाको सहभागिता

कञ्चनपुर, असोज १३/
डिल्लीराज पन्त.
कञ्चनपुरकोे भिमदत्तनगरपालिका मा प्रथम पटक वडा स्तरिय क्रिकेट कप सुरु भएको छ ।
भिमदत्तनगरपालिका वडा नम्वर १२ को वडाकार्यालयले आयोजना गरेको ‘टि–२० क्रिकेट प्रतियोगिता २०७५‘श्री पुर्णा माध्यमिक विद्यालयको खेलमैदानमा  शनिवार वाट सुरु भएको हो ।
आउदो दशै र तिहारको उपलक्ष्यमा आयोजना गरीएको सो खेलमा नगरपालिकाका १९ वटै वडावाट खेलाडिहरुको सहभागिता रहेको र प्रतियोगिता लिकआउट सिस्टम वाट खेलाईने छ । 
श्री पुर्णा माध्यमिक विद्यालयको खेलमैदानमा खेल को औपचारिक उद्रघाटन भिमदत्तनगरका नगर प्रमुख सुरेन्द्र विष्ट र १२ नम्वरका वडा अध्यक्ष कृष्ण सिंह देउपाले  गर्नुभएको थियो । 
उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख विष्टले खेलकूद विकासलाई नगरपालिकाले प्राथमिकतामा राखेर एक वडा एक खेल मैदान निर्माण सुरु गरिएको र अहिले विभिन्न वडामा खेलकूद प्रतियोगिता अयोजना गरिएका रनगर स्तरीय खेलकूद समिति गठन गरी खेल गतिविधिलाई अझै तीव्रता दिइने वताउनु भयो ।
साथै भीमदत्तलाई समृद्ध नगरपालिका बनाउन अल्पकालिन र दिर्घकालिन योजना अघि सारिएको उल्लेख गर्दै जैविक पर्यटन मार्गमा म्याराथुन प्रतियोगिताको समेत  आयोजना गरिने नगर प्रमुख विष्टले जानकारी दिनुभएको छ ।
महान चाड दशैको उपलक्ष्यमा युवाहरुलाई खेलप्रति चाहना वढोस र युवाहरुलाई कुलतमार्गवाट पछि हटाउन खेलको आयोजना गरीएको वडानम्वर १२ का अध्यक्ष कृष्ण सिंह देउपाले वताउनु भएको छ । उहाका अनुसार २१ गते सम्म संचालन हुने खेल मा प्रथम हुने टिमलाई ट्रफि, प्रमाण पत्र र नगद ३५हजार रकम प्रदान गरीने छ भने दोस्रो र तेस्रो स्थान हासिल गर्ने टिमलाई क्रमशः ट्रफि, प्रमाण पत्र सहित २० हजार र ट्रफि, प्रमाण पत्र सहित १५ हजार प्रदान गरीने छ । उद्रघाटन कार्यक्रममा १९ वटै वडाका वडा अध्यक्ष, सदस्य , खेलाडि, स्थानिय तथा पत्रकारहरुको सहभागिता रहेको थियो  ।