भीमदत्तमा प्रोफाइल बनाउन छलफल सुरु

महेन्द्रनगर, १२ असोज

भीमदत्त नगरपालिकाले नगरको विद्युतीय पाश्वर्चचित्र( इ प्रोफाइलन ) बनाउन छलफल सुरु गरेको छ । भीमदत्त नगरपालिका नगर कार्यपालिकाबाट प्रोफाइलन बनाउने निर्णय पारित गरी प्रोफाइल बनाउन लागिएको हो । भीमदत्त नगरपालिका सभा कक्षमा गरिएको छलफल कार्यक्रममा सहभागीहरुले प्रोफाइललाई स्तरीय बनाउन सुझाव दिएका छन् । उनीहरुले भीमदत्त नगरको वास्तविक चित्र देखिने गरी प्रोफाइल बनाउनु पर्नेमा जोड दिए । भीमदत्तका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद शर्माको अध्यक्षतामा कार्यक्रम गरिएको छ । उनले प्रोफाइल तयारीका लागि छलफल सुरु गरिएको र आगामी दिनमा यसलाई निरन्तरता दिइने बताए । कार्यक्रममा भीनपा वडा नं. १२ का अध्यक्ष कृष्ण सिह देउपा, १७ का अध्यक्ष हिमाल बहादुर चन्द, सुदूरपश्चिमाञ्चल विश्वविद्यालयक गोविन्द पन्त, सन्तोस विष्ट, सामाजिक कार्यकर्ता टेक बुढा, भीनपाका राधिका पन्त लगायतले आ–आफ्नो धारणा राखे । भीनपाका आइटी अधिकृत विनय कलौनीले प्रोफाइलमा समावेश गरिने विषय सम्बन्धी सहभागीहरुलाई जानकारी गराए । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र सरोकारवाला सहभागी भएका छन् । भीनपाका प्रशासकीय अधिकृत हरिसिह धामीले कार्यक्रम सञ्चालन गरेका थिए ।