कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा प्रथम ‘बेलौरी पर्यटन’ महोत्सव हुने

 सित्तल भट्ट /महेन्द्रनगर, ११ असोज.

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा प्रथम ‘बेलौरी पर्यटन’ महोत्सव हुने भएको छ । राणाकालिन समयमा (कैलाली–कञ्चनपुर)को जिल्ला सदरमुकाम रहेको बैलौरीमा प्रथम बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला–२०७५ हुने भएको हो । ‘कृषि, पर्यटन, उद्योग र व्यापार सम्बृद्धि बेलौरीको आधार’ भन्ने मुल नाराका साथ बेलौरी उद्योग वाणिज्य संघको आयोजनामा ८ कार्तिकदेखि १८ गतेसम्म खुलामञ्चमा व्यापार मेला हुनेछ । स्थानीय स्तरमा उत्पादन हुने बस्तु तथा सेवाका उद्योगको विस्तार र प्रर्बद्धनका लागि समेत महोत्सव संचालन गरिने आयोजकले जनाएको छ । 
 
 भारतसंग जोडिएको कञ्चनपुरको दक्षिणी ऐतिहासिक क्षेत्रको पहिचान, उक्त क्षेत्रमा रहेका धार्मिक पर्यटकिय गन्तव्यको प्रचारप्रसार, कृषि क्षेत्रको विकास र सम्बृद्धिका लागि महोत्सव आयोजना गरेको बेलौरी उद्योग वाणिज्य संघले बिहीबार महेन्द्रनगरमा पत्रकार सम्मेलन मार्फत महोत्सव हुने जनाएको छ । 
 
बेलौरी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष एव महोत्सव प्रचारप्रसार समितिका संयोजक यज्ञ प्रशाद कडेलले समग्र भूगोलको पहिचान र सो भूगोलमा रहेका ऐतिहासिक, धार्मिक, पर्यटकिय, व्यवसायिक एव कला क्षेत्रको विकासका लागि महोत्सव आयोजना गरिएको बताए । ‘कञ्चनपुरको बेलौरी क्षेत्र ऐतिहासिक क्षेत्र हो, ‘उनले भने, ‘यो क्षेत्रलाई विगतका शासकले हेपे अहिलेका शासक वर्गले हेनुपर्छ ।’ महोत्सवका माध्यमबाट बेलौरी क्षेत्रको विकास गर्ने धेय रहेको उनले बताए । उनले महोत्सवमा काटिएको प्रति टिकेट बाफत सर्पदङस उपचार केन्द्रका लागि जम्मा गरिने छ । झण्डै ४किलोमिटर दुरी दक्षिणमा भारतीय बजार खजुरिया पर्ने भएकाले महोत्सवका माध्यमबाट पुर्वपश्चिम राजमार्ग कलुवापुरदेखि बेलौरी हुँदै भारतसंगको नाका जोड्ने समेत उनले बताए । बेलौरीमा रहेको छोटी भन्सारको स्तरबृद्धिका लागि समेत महोत्सव फलदायी हुने उनको भनाई छ  । 
 
बेलौरी उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष टेक ब. साउदले पहिलो पटक दक्षिणी क्षेत्रका सरकारी, गैर सरकारी, राजनीतिक दल, नागरिक समाज, विभिन्न संघ संस्था, बुद्धिजिवी सबैसंगको परामर्समा महोत्सव आयोजना गर्न लागिएको बताए । सबै क्षेत्रका व्यक्तित्वको सहयोगमा बेलौरीमा प्रथम महोत्सव सफल हुने उनको भनाई छ । निअध्यक्ष साउदले महोत्सवका माध्यमबाट बेलौरी छोटी भन्सारको स्तरबृद्धिका साथै, ग्रिन क्लिन सिटीको विकास, बैकिङ्ग, वित्तिय क्षेत्रको विकास र सो क्षेत्रका उद्योग स्थापनाका लागि लगानी भित्र्राउने बताए । 
 
बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीनारायण चौधरीले महोत्सवका माध्यमबाट ऐतिहासिक क्षेत्रमा बसोबास गर्ने राना,थारु पहाडी समुदायको लोक संस्कृति झल्किने खालका कार्यक्रम संचालन गरिने बताए । महोत्सवले सबै समुदायलाई एकै ठाँउमा ल्याउने माध्यम समेत भएको उनको भनाई छ ।  अध्यक्ष चौधरीले महोत्सवमा १५० स्टल रहने बताए । उनका अनुसार स्थानीय स्तरमा उत्पादन हुने कृषि तथा कृषिजन्य बस्तु, स्थानीय परिवार, नगदेबालीमा रुमा रहेको उखु, केरा लगायतका कृषिजन्य बस्तुको प्रर्दशन गरिने छ । अटोमोबाईल, विभिन्न दैनिक घरयासी प्रयोजनका लागि समाग्री, कृषि यान्त्रिकरण, लघु उद्यम, वैकल्पिक उर्जा, हस्तकला, गार्मेन्टस, सुचना प्रविधि, शिक्षा स्वास्थ्य लगायत ७ नम्बर प्रदेशका ऐतिहासिक, पर्यटकिय क्षेत्रका फोटो प्रर्दशन गरिनेछन् । स्थानीय स्तरमा रहेका पर्यटकिय क्षेत्रमा समेट टुर प्याकेजका कार्यक्रम संचालन गरिने उनले बताए ।
 
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सफारीका लागि बेलडाँडीदेखि ट्र¥याक खोल्न र लालझाडी संरक्षित क्षेत्रको महत्वका बारेमा समेत प्रचारप्रसार गरिने छ । यस्तै बेलडाँडी, बेलौरी, लालझाडी र पुर्नवास क्षेत्रमा रहेका प्राकृतिक ऐतिहासिक तालतलैयाको समेत मुख्य गरेर प्रसार गर्ने र सो क्षेत्रसम्म पर्यटक पु¥याउने लक्ष्य रहेको अध्यक्ष चौधरीले बताए । यस्तै भारतीय व्यवसायीलाई समेत महोत्सवमा केही स्टल दिने बताउदै विभिन्न स्थानीय सिपको समेत प्रर्दशन गरिने छ । महोत्सवमा मनोरञ्जनका लागि बाल उद्यान एव साँस्कृतिक कार्यक्रम समेत संचालन गरिने छ । स्थानीय कला, संस्कृती र पहिचानको जोर्गेना गर्नका लागि राना–थारु र सुदूर तथा पुर्वोली समुदायको लोक संस्कृतीका नृत्य प्रस्तुत गरिनेछन् । स्थानीय तथा राष्ट्रिय कलाकारबाट दैनिक प्रस्तुति गरिनेछन् । उक्त समुदायका मौलिक खाने परिवार समेत राखिनेछन् । पर्यटन, लोक संस्कृती, पर्यावरण लगायतका  क्षेत्रका विषयमा जानकारी गराउन समेत सुचना केन्द स्थापना गरिने छ । 
 
महोत्सव सफल पार्नका लागि संघका अध्यक्ष चौधरीको संयोजकत्वमा १५१ सदस्यीय मुल आयोजक समिति र विभिन्न २२ समिति गठन गरिएका छन् । सबै समितिले आ–आफ्नो जिम्मेबारी बहन गरिरहेका छन् । महोत्सव अवलोकनका लागि साधारण तर्फ ५० र विद्यार्थी सहुलियत ३० रुपैया निर्धारण गरेको छ । ११ दिनसम्म संचालन हुने महोत्सवमा चार करोड बराबरको कारोबार र एक लाख भन्दा बढिले अवलोकन गर्ने अनुमान गरिएको छ । मुल आयोजक समिति लगायतका अन्य २२ वटै समितिले महोत्सवको तयारीका लागि जुटेका छन् । विस २०२६ सालतिर बेलौरीबाट महेन्द्रनगर कञ्चनपुरको सदरमुकाम सारिएको थियो ।
 
पहिलो पटक आफ्नै गाउँघरमा महोत्सव हुनेभएपछि स्थानीय समेत हर्षित भएका छन् । यस अघि सडकको अभाव छिचोल्दै दक्षिणी क्षेत्रका स्थानीय महेन्द्रनगर–धनगढी गएर महोत्सव अवलोकन गर्दै आएका थिए । विस २०५८ सालमा स्थापना भएको बेलौरी उद्योग वाणिज्य संघले पहिलो पटक आयोजन गर्न लागेको महोत्सव अवलोकनका लागि समेत अनुरोध गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ७का उपाध्यक्ष कृष्ण प्रशाद पाठकले आर्थिक सम्बृद्धिका लागि महोत्सव लाभदायक हुने भन्दै महासंघका तर्फबाट सहयोग गर्ने बचन दिए ।
 
कञ्चनपुर उद्योग वाणिज्य संघले पनि महोत्सवमा सहयोग गर्ने जनाएको छ । बेलौरी उद्योग वाणिज्य संघका महासचिव शिवराज कडेलले पत्रकार सम्मेलनको सहजिकरण गरेका थिए । कार्यक्रममा बेलौरी, कञ्चनपुर उद्योग वाणिज्य संघका पदाधिकारीको सहभागिता रहेको थियो ।