वर्षाका कारण धानवालीमा क्षती, किसान चिन्तित

बाशुदेव भट्ट

असोज ७, कञ्चनपुर
कञ्चनपुरमा विगत २ दिन देखि परिरहेको वर्षाका कारण पाकि सकेर भित्र्यानै लागेको धानवाली क्षती गरेको छ । अविरल रूपमा परेको बेमौसमी पानी तथा हावा हुरीले जिल्लामा काटेको र पाक्नै लागेको धानबालीमा  क्षति पुगेको हो ।
धान काटेर खेतमा सुकाउन फिजाएर राखेको बेला अनपेक्षित वर्षातका कारण सुरक्षित स्थानमा राख्नसमेत नभ्याउँदा क्षति पुगेको किसानले बताएका छन ।डुवान पर्ने क्षेत्रमा धान पानीमाथि तैरीएको अवस्थामा रहेको छ । किसानहरु वर्षा बन्द नभए काटेको धान कुहिएर जाने भन्ने चिन्तामा रहेका छन ।
बाईट ः किसानहरु
जिल्लामा झन्डै ५ देखी १० प्रतिशत धानबाली स्याहार्ने अवस्थामा पुगेको छ ।
मौसममा बदली भई सुक्रवार देखीनै वादल लागेपनी शनिवार वाट भने निरन्तर रुपमा बर्षा र हावाहुरी समेत परिरहेकाले असोज पहिलो हप्तामै पाक्ने धान वढि क्षती भएको जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरले जनाएको छ। सवै स्थानिय तहवाट धानवालीको के–कती क्षति भएको भन्ने वारे यकिन विवरण नआएपनी किसानले लगाएको अगुवा धानको भने ५ प्रतिसत नोक्सानी भएको र अझै वर्षा बन्द नहुनेहो भने धेरै क्षति हुन सक्ने कृषि ज्ञान केन्द्र कञ्चनपुरका वालि प्रसार अधिकृत गोकुल वोहरा ले जानकारी दिनुभयो ।उहाका अनुसार जिल्लाको भिमदत्तनगर मा सवैभन्दा वढि क्षती पुगाएको छ भने माहाकाली नगरपालिका र दक्षिणी क्षेत्रको बेल्डाडी गाउपालिका लगायत जिल्लाको डुवान पर्ने अधिकांस क्षेत्रमा धानवालीमा बढि क्षति भएको छ ।
कञ्चनपुर जिल्लामा करिव ५० हजार हेक्टर क्षेत्रफलमा धानवालि लगाईने गरन्छि ।