सामुदायिक रेडियो जनबोलि ८९ं.२ मेगाहर्ज को प्रसारण शुरु 

कञ्चनपुर,भाद्र १ 
क्ञ्चनपुरको महाकाली नगरपालिकाबाट नयाँ सामुदायिक रेडियोको रुपमा रेडियो जनबोलिले आजबाट आफ्नो प्रसारण शुरु गरेको छ । सामुदायिक सुचना केन्द्र नेपालद्धारा सञ्चालित कञ्चनपुरको महाकाली नगरपालिका दोधरा चादनीमा पहिलो सामुदायिक रेडियोको रुपमा स्थापना भएको सामुदायिक रेडियो जनबोलिले आजबाट आफनो प्रसारण शुरु गरेको रेडियोका कार्यकारी निर्देशक ज्ञानेन्द्र महत्ताले जानकारी दिनुभएको छ । 
आज दिउसो एक कार्यक्रमका बिच रेडियो प्रशारण शुरु भएको रेडियोका प्रवन्ध निर्दैशक ज्ञानेन्द्र महताले जानकारी दिनुभयो । १ सय वाट प्रसारण क्षमता रहेको सामुदायिक रेडियो जनबोलिलाई ८९.२ मेगाहर्जमा सुन्न सकिने निर्देशक महताले जानकारी दिनुभयो । रेडियो जनबोलिले सञ्चारक्षेत्रबाट टाढा रहेका, पिछडीएका स्थानीय बिषय बस्तुलाई प्रसारणको केन्द्रमा राखेर सुचना तथा मनोरञ्जन प्रदान गर्ने बताईएको छ । सामुदायिक सुचना केन्द्र नेपालमार्फत सञ्चालित सामुदायिक रेडियो जनबोलिले आफ्नो प्रसारण शुरु गरेको र यो रेडियोले स्थानीय समुदायका सकारात्मक बिषय बस्तु, जनताको आवाजलाइ बुलन्द रुपमा उठान गर्ने छ । रेडियोले आम नागरिकको स्वास्थ्य, शिक्षासंगसंगै समाजमा रहेका विकृति र बिसंगतीलाई न्यूनीकरण गर्न पनि राज्यका तर्फबाट सञ्चालन भएका अभियानहरुमा सहयोगी बन्ने रेडियोका निर्देशक महताले जानकारी दिनुभयो । 
दैनिक १८ घण्टा प्रसारण हुने रेडियो जवबोलिले कञ्चनपुरसहित उत्तराखण्डका विभिन्न भारतिय शहर  लागयतका क्षेत्रमा समेत सुन्न सकिने बताईएको छ ।