नेपालको पानीलाई आम्दानीको स्रोत बनाउछौ ःमन्त्री बिना मगर

डिल्लीराज पन्त/
कञ्चनपुर, साउन २४,
खानेपानी मन्त्री बिना मगरले नेपालको पानीलाई आम्दानीको मुख्य स्रोत बनाउन मन्त्रालयले योजना अघि सारेको बताएकी छन । 
बिहीबार कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी–पुर्नवासमा नेपाल आदिवासी जनजाति महासंघले आयोजना गरेको विश्व आदिवासी दिवस कार्यक्रमको उद्घाटन कार्यक्रममा वोल्दै  खानेपानी मन्त्री मगरले यस्तो वताउनु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि रमेत रहेकी मन्त्री मगरले खानेपानीलाई व्यवसायीकरण गर्दै सगरमाथाको वेस क्याम्पबाट बग्ने आईस बरफलाई प्रशोधन गरेर अन्र्तराष्ट्रिय बजारमा बिक्री गरेर पानीबाटै आम्दानी बढाउने बताईन् । संविधानतह स्वच्छ खानेपानीलाई मौलिक हक अधिकारका रुपमा राखेको बताउदै मन्त्री मगरले हरेक जनतालाई मौलिक हक दिलाउने दावि गरिन् । ‘हिजोका दिन जनता स्वच्छ खानेपानीबाट बञ्चित रहेपनी अब कुनैपनि जनता खानेपानीबाट बञ्चित नरहने उहाले दावी गर्नु भएको छ 
 ३ बर्षभित्रै प्रशोधन सहित स्वच्छ खानेपानी पु¥याउने मन्त्री मगरको दावि छ । विश्वको नेपाल दोस्रो जलस्रोतको धनी राष्ट्र हो, तर खानेपानीको अझै सुविधा छैन, ‘मन्त्री मगरले भनिन्, ‘सबै नागरिकलाई खानेपानी मन्त्रालयले पानी पु¥याउँन पहल गर्छ ।’ हिम श्रृखलाको सदुपयोग गर्दै पुर्व मेची र पश्चिम महाकालीसम्मका ८ नदीलाई केन्द्र बनाएर तराईका सबै क्षेत्रमा पानी पु¥याईने योजना रहेको मन्त्री मगरले दावि गरिन् । पहाड र हिमालमा लिप्टिङ्ग, डिप ट्युबेल र बोरिङ्गबाट पानी निकालेर प्रशोधन गर्दै स्वच्छ पानी वितरण गरिने बताए । हरेक नागरिकलाई स्वच्छ खानेपानीको सुनिश्चिता गरिन लागेको उहाको भनाई थियो  । 
यस्तै मन्त्री मगरको जन्मथलो समेत रहेको कञ्चनपुर जिल्लामा रहेका आदिवासी जनजातीहरुका उत्थानका लागी  आफुले हरदम सहयोग गर्ने बताउदै  नेपालको हरेक आन्दोलनमा आदिवासी जनजाति समुदायको उल्लेख्य भूमिका रहेको स्मरण गर्दैै मन्त्री मगरले आदिवासी समुदायको परिर्वतन र उपलब्धीमा भूमिका रहेको बताईन् । कार्यक्रममा आदिवासी जनजाति समुदायको विभिन्न लोक संस्कृती झल्कने नृत प्रस्तुत गरेका थिए ।