भीमदत्त नगरपालिकाको प्रगती बिवरण सार्वजनिक

महेन्द्रनगर, २३ साउन,
कञ्चनपुरको भीमदत्त नगरपालिका कार्यालयले आर्थिक वर्ष २०७४÷०७५ मा सम्पन्न कार्यक्रम बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । भीमदत्त नगरपालिकाका कार्यालयमा पत्रकार सम्मेलन गरी एक वर्षमा गरिएका सबै कामको प्रगति विवरण सार्वजनिक गरिएको हो ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले चालु आर्थिक वर्षमा प्रस्ताव गरिएका नगरका गौरवका योजना सहित आ.व. २०७४÷०७५ मा गरिएका कार्यक्रमको जानकारी गराएका छन ।
गत वर्ष स्थानीय तह निर्वाचनमा निर्वा्चित भएपछि आफू लगायत सबै जनप्रतिनिधिले विकासमा राजनीति नगर्ने र विकासका लागि राजनीति गर्ने प्रतिबवद्धता सहित पद तथा गोपनियताको शपथ खाएको बताए ।
‘असार २५ गते पद तथा गोपनियताको शपथ ग्रहण गरी पदभार ग्रहण गरेका थियौ, त्यहीं दिन मैले मात्रै होइन, हामी सबैले विकासका लागि राजनीतिक गर्छौ, विकासमा राजनीतिक गर्दैनौ भनेर सामूहिक प्रतिवद्धता जनाएका थियौ’ नगर प्रमुख विष्टले भने,‘त्यसै अनुसार नगरपालिकालाई विकास र समृद्धिको योजनाका साथ अघि बढाएका छौ ।’
स्थानीय तह निर्वाचनको वर्ष दिनमा तीन नगर सभा र १९ कार्यपालिका बैठक गरिएको उल्लेख गर्दै नगर प्रमुख विष्टले भीमदत्त नगरपालिकाका को विकास र समृद्धिको अभियानलाई एकतावद्ध भएर अघि बढाउन चाहेको बताए ।
स्थानीय सरकार सञ्चालन ऐन ढिलो प्राप्त हुने तथा विषयत कार्यालय समायोजनका कारण सरकार सञ्चालनमा केही समस्या देखिएको उनले जनाए ।
एक वर्षमा जैविक मार्ग निर्माण, शुक्लाफाँटा पर्यटन मार्ग निर्माण थालनी, चक्रपथ निर्माण थालनी, ३१ वटा कानुन निर्माण, योवजनाबद्ध सहर विकासका लागि गुरु योजना निर्माण, विभिन्न पुरस्कार स्थापना, सिसी टिभी क्यामेरा जडान, छाडा गाई व्यवस्थापनका लागि गौशला निर्माण लगायतका कार्यक्रम गरिएको बताए ।
यस अवधिमा वडा कार्यालय वडामा सञ्चालन, १ वडा १ उत्पादन पहिचान,कार्यालयमा वद्युतीय सूचना पाटी र बायोम्याट्रिक हाजिरी प्रणाली, मोबाइल एप्स निर्माण, गुनासो व्यवस्थापनका लागि टोल फ्रि नं., दलित परिवारलाई ५ सय  थान सोलार वितरण, विपद् व्यवस्थापन कोष स्थापना, ८५ दशमलव ३ किलोमिटर सडक ग्राभेल, २२ किलोमिटर सडक कालोपत्रे र ४२ ओटा कल्भर्ट तथा नया“ पूरानो र सडक गरी एक सय किलोमिटर बाटो निर्माण गरिएको छ ।
भीनपा नगरपालिका कार्यालय, महाकाली अञ्चल अस्पताल, बाल उद्यान, तरकारी तथा फलफूल बजार, पिपरैया पार्क, बाराकुण्डा धार्मिक पर्यटकीय क्षेत्र, झिलमिला भ्यू टावर, नगर यातायातको गुरुयोजना निर्माण, वडा स्तरमा सार्वजनिक सुनुवाई, सबै वडामा घर। पालुवा पशु चौपायामा टयाग लगाउने कार्य, नगरको वृत्तचित्र, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, राष्ट्रिय भूकम्प प्रविधि समाज नेपाल र नगर विकास कोषसंग सहकार्यका लागि सम्झौता, सामुदायिक विद्यालयहरुमा विद्युतीय हाजिरी (इ हाजिरी), ट्रान्सफर खरिद, सार्वजनिक तथा सरकारी सम्पत्तिको लगत संकलन, पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा, एक सय दिने योग शिविर, प्रदेश स्तरीय मेयर कप भलिबल तथा नगर स्तरीय मा.वि. खेलकूद प्रतियोगिता आयोजना, नगर शिक्षा समिति गठन, विपद् व्यवस्थापन समिति गठन, सिँचाईका लागि ३२ बोरिङ्ग जडान, भीनपा १६ मा सुरक्षित प्रसूति सेवा केन्द्र स्थापना, स्वास्थ्य शिविर सञ्चालन, बाराकुण्डाका १२ ओटा कुण्डमा जल पुनःभरण कार्यक्रम, महाकाली नदीमा साहसिक जलयात्रा(¥याफ्टिङ्ग) सञ्चालनका लागि संघीय सरकारसित पहल लगायत कार्यक्रम पनि गत आ.व. मा गरिएका छन् ।
महेन्द्रनगर बजार क्षेत्रमा छरिएर रहेका ठेलाको व्यवस्थापन, घुम्ती राजश्व संकलन अभियान सञ्चालन, अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण, वडाबाट सामाजिक सुरक्षा भत्ता वितरण, सीप मुलुक तालिम सञ्चालन, पशु तथा कृषि क्षेत्रमा अनुदान वितरण, नगरपालिका कार्यालय र प्रत्येक वडा कार्यालयमा नागरिक बडापत्रको व्यवस्थापन, नगर प्रहरीलाई तालिम, कर्मचारीको साँगठनिक ढाँचा, दरबन्दी निर्धारण र कार्य विवरण, नगर स्तरीय शैक्षिक क्यालेण्डर निर्माण, योग तथा आयुर्वेद पाठ्यक्रम निर्माणका लागि गृहकार्य, वडाहरुमा वडा स्वास्थ्य केन्द्र स्थापना कार्य थालनी, सुनौला हजार दिन कार्यक्रम निरन्तरता, जगद्गुरुको नेतृत्वमा चौपाया फिर्ता अभियान, फोहरमैला व्यवस्थापनका लागि सचेतना कार्यक्रम सञ्चालनका लागि सरसफाई दुत नियुक्त, घुम्ती सरसफाई कार्यक्रम, कार्यालय परिसरभित्र संकलन हुदै आएको फोहोरमैला व्यवस्थापन, एक विरुवा वृक्षारोपणअभियान सञ्चालन, चौधर नदीमा जैविक तटबन्ध निर्माण, भीनापा १२ र १३ को सीमा क्षेत्रमा अन्त्येष्टि घाट निर्माणका लागि ठेक्का सम्झौता, धार्मिक, ऐतिहासिक, पर्यटकीय, प्राचिन स्थलहरुको खोजी तथा संरक्षण, भलिबल सहित विभिन्न खेलको राष्ट्रिय टीमका खेलाडीलाई सम्मान, पत्रकार महासंघ कञ्चनपुरसित सहकार्य, आदिवासी सुनाहा, राना थारु र अन्य लोपोन्मुख, अल्पसंख्यक एवम्  पिछिडिएका समुदायलाई सूचीकृतका लागि प्रदेश सरकारसंग आवश्यक पहल, हिंसा पीडित महिला तथा असहायहरुका लागि नगर सेवा केन्द्र स्थापना, ज्येष्ठ नागरिक,महिला स्वयसेविकाहरुलाई अध्ययन अवलोकन भ्रमण, कञ्चनपुर कारागारका कैदीबन्दी, वृद्ध सेवा केन्द्र र जिल्ला अपाङ्ग सेवा संघ, महाकाली अञ्चल बाल अनाथालयलाई आवश्यक सहयोग, घुम्ती कर शिविर आयोजना लगायतका कार्यक्रम गरिएका छन् ।
यसैगरी क्षेत्रीय सहरी विकास कार्यक्रम, सघन सहरी विकास कार्यक्रम र नगर विकास कोष अन्र्तगत गरिएका कार्यक्रमको जानकारी दिइएको छ ।
कार्यक्रममा इन्जिनियर हिमालय सिह ऐरले भौतिक पूर्वाधारको प्रगति सम्बन्धी जानकारी गराएका थिए । 
नगर प्रमुख उप प्रमुख सुशिला चन्द सिहले सहभागीहरुलाई स्वागत सहित राजश्वका दर निर्धारण सम्बन्धी जानकारी गराएकी थिइन् ।
भीनपाका प्रवक्ता राजेन्द्र पाण्डेयले सञ्चालन गरेको कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुख लगायतका उपस्थिती रहेको थियो।