सौगात ले ल्याए पहिलो पटक डोट्याली तिज गित

डिल्लीराज पन्त,
कञ्चनपुर, साउन २२, 
सुदुरपश्चिमका चर्चित संगितकार तथा कलाकार सौगात ओझा ले सुदुरपश्चिमको लोक संस्कृति झल्कने भाषामा आधारीत पहिलो पटक तिज गित ल्याएका छन ।
 गायक तथा संगितकार ओझाले आफ्नै शव्द, संगित र स्वरमा ‘ईसी हो त पछ्याण‘ नामक तिज गित ल्याएका हुन ।
उक्त गितमा सौगात ओझा लाई गायिका तथा कलाकार सावित्री मास्केले साथ दिएकी छन । सौगात ओझा संगै प्रकास ओली र लक्ष्मी गरंजा मगर ले अभिनय गरेका छन ।
‘ईसी हो त पछ्याण‘ तिज गितमा पछिल्लो समय युवा युवती माझ लोकप्रिय संगित र्र्याप को समेत यो गितमा प्रयोग भएको छ । जसमा र्र्याप दिएका छन चर्चित र्र्यापर बोकटनी किङ ले ।
हरि रानाको निर्दैशनमा छायांकन भएको ‘ईसी हो त पछ्याण‘ तिज गितमा अमित विक ले छायांकन तथा सम्पादन  गरेका छन भने अभिनय गायक  स्वयंमले गरेका छन ।
यो तिज गित गायक तथा संगितकार ओझाले आफ्नै यु ट्युव मार्फत मंगलवार सार्वजनिक गरेका हुन।