कसरी हल्लाउदैछ्न त डि.बि. धनगढी ?

केशब भट्ट महेन्द्रनगर,साउन ५ /नेपाली संगीतिक छेत्रका चर्चित लोकदोहोरी गायक डि.बि निरंकारीले आम नेपाली दर्शक,श्रोत सामु एक पछी अर्को गरि विभिन्न लोकदोहोरी गितहरु पस्किने क्रममा फेरि नयाँ छुट्टै 'धनगढी थर्काउने' भन्ने बोलको तिजको भाका ल्याएका छन । जुन गित अहिले सबै दर्शक,श्रोताको मन मुटुमा बस्न सफल भएको छ । उसो त बिगतका भाकाहरु दर्शक,श्रोताको मनमा बस्न सफल नभएका भने होइनन् तर पनि अहिलेको तिजको भाकाले भने निकै चर्चा कमाई रहेको छ। जसमा स्वर डि.बि. निरंकारी र सलिना नेपाली,लय डि.बि. निरंकारी,शब्द गोपाल बि.सी. अभिनय रामजी खाण र सलिना नेपाली,निर्देशन मौसम हिमाली,छायांकन दुर्गा पौडेल,सम्पादन नवीन घर्ती मगरको रहेको छ ।