महाकाली अञ्चल अस्पतालमा ३ दिन देखि ओपिडि सेवा वन्द, विरामी मार्कामा 


डिल्लीराज पन्त 
कञ्चनपुर, असोज ८

विगत तिन दिन देखि महाकाली अञ्चल अस्पतालको ओपिडि सेवा ठप्प भएको छ ।
सरकारले गरेको निर्णयको विरोध गर्दे अञ्चल अद्धठस्पतालमा कार्यरत चिकित्सकहरुले सुत्रवार ओपिडि सेवा ठप्प पारेका छन ओपिडि सेवा सञ्चालन हुन नसक्दा अस्पताल आउने विरामीहरु निजि क्लिीनिक जान थालेका छन भने सिकिस्त भएका विरामी भारत तिर उपचार गर्न वाध्य भईरहेका छन ।
चिकित्सकहरुलेृ आकस्मीकका सेवा वाहेक अन्य सवै सेवा कञ्चनपुरका दुर्गम गाँउ वाट मात्र नभई छिमेकी अन्य जिल्ला वाट उपचारका लागी आएका विरामी तथा विरामीका आफन्त मार्कामा परेका छन । टाढा टाढा वाट सिमित पैसा वोकेर आएका विरामी हरु आर्थिक अभावका कारण आफन्त संग ऋण मागेर  निजि क्लिनीकमा उपचार गर्न वाध्य भईरहेका छन भने कतिपय विरामी उपचार नै नगरी घर फर्कन वाध्य भईरहेका छन । 
असोज २ गते सरकारले चिकित्सकहरुको लापरबाहिवाट विरामी को मृत्यु भए त्यसको क्षतिपुर्ति सम्वन्धित चिकित्सक वाट असुल गर्ने गरी विधेयक तयार गर्न सव्स्थ्य मन्त्रालयलाई निर्देशन दिएपछि चिकित्सक आन्दोलित भएका हुन ।
चिकित्सक आन्दोलित भएपछि विरामिहरु उपचार गर्न समेत नपाउदा दुखी भएका छन । उता चिकित्सकले आफुहरुलाई मात्र लक्षीत गरी विवादास्पद निर्णय सरकारले फिर्ता नगरुन्जेल सेवा सुचारु नगर्ने बताउदै आएका छन ।