नेपाल विद्यार्थि संघको सिटी जुलुस

कञ्चनपुर, जेठ २७
डिल्लीराज पन्त/
पेट्रोलियम पदार्थको मुल्यवृद्धि को विरोधमा नेपाल विद्यार्थि संघ कञ्चनपुरले सदरमुकाम महेन्द्रनगरमा सिटी जुलुस निकालेका छन ।
गठवन्धन सरकारले एक महिनाको अवधिमा पटक पटक पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरी सर्वसाधाण जनतालाई प्रत्यक्ष मारमा पारेको भन्दै विरोध स्वरुप सिटि वजाउदै जुलुस निकालेको हो ।
सरकारले विद्यार्थि तथा गरीव जनतालाई ढाड सेक्नेगरी गरीएको मुल्य वृद्धि  फिर्ता नलिए थप आन्दोलन चर्काउने नेपाल विद्यार्थिका संघका विद्यार्थि नेता प्रकास थापाले वताएका छन ।
न्ेवि संघ आवद्ध विद्यार्थिहरुले सिटी वजाउदै महेन्द्रनगर वजार परिक्रमा सहित कोण सभा गरेका थिए ।